निर्वाचन कानून सुधार गर्ने निर्णय

काठमाडौंः चीनको राज्यशक्तिको सर्वोच्च निकाय राष्ट्रिय जनकङ्ग्रेस (एनपिसी) को हालै सम्पन्न १३ औँ महासभाको चौथो बैठकले हङकङलाई ‘एक देश दुई पद्धति’ अभ्यासका संरचना सुधार तथा सुरक्षालाई दिगो बनाउन महत्वपूूर्ण निर्णय गरेको छ ।
महासभाले संविधान तथा मौलिक कानूनअनुसार हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन कानुनमा सुधार गर्ने निर्णय गरेको तथा त्यसबाट एक देश दुई पद्धतियुक्त प्रजातान्त्रिक हङकङको निरन्तर प्रगतिका निम्ति सहयोग पुग्ने यहाँस्थित चिनियाँ राजदूतावासले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालले अङ्गिकार गरेको एक चीन नीतिको प्रशंसा गर्दै विज्ञप्तिमा एक देश दुई शासन पद्धतियुक्त हङकङको भविष्य समुज्ज्वल भई त्यसबाट नेपालसहित अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका थप अवसर प्राप्त हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार